प्रदेश 2

निर्माण व्यवसायी सङ्घको अध्यक्षमा राय विजयी

लहान । नेपाल निर्माण व्यवसायी सङ्घ लहान सिरहाको अध्यक्षमा रासलाल राय विजयी भएका छन् । सङ्घको नयाँ नेतृत्वका लागि भएको निर्वाचनको आज बिहान सम्पन्न मतगणनाअनुसार अध्यक्षमा आफ्ना प्रतिद्वन्द्वीलाई ४२ मत अन्तरले पराजित गर्दै राय विजयी भएका हुन् ।

मुख्य निर्वाचन अधिकृत परशुराम निरौलाका अनुसार अध्यक्ष पदमा विजयी भएका रायले १८१ मत प्राप्त गरे भने उनका प्रतिद्वन्द्वी मोहम्मद इस्लाम अलीले १३९ मत प्राप्त गरे । यस्तै सङ्घको उपाध्यक्षमा गोपाल रायले १५८ मत ल्याएर विजयी भएका छ भने उनका प्रतिद्वन्द्वी अमरनाथ साहले १५५ मत ल्याए ।

महासचिवमा नन्दकिशोर साह प्रतिद्वन्द्वी रामचन्द्र साहको १५३ का विरुद्ध १५५ मत प्राप्त गरी विजयी भएका छन् । सङ्घको सचिवमा विमल अधिकारीले १७२ मत ल्याएर विजयी भएका छन् । उनका प्रतिद्वन्द्वी जयप्रकाश साहले १३९ मत प्राप्त गरे । त्यस्तै सङ्घको कोषाध्यक्षमा श्यामकुमार महतोले १६१ मतसहित विजयी भएका छन् । उनका प्रतिद्वन्द्वी कमलप्रसाद यादवले १५१ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत निरौलाले बताए ।

सङ्घको सदस्यमा अशोकुमार यादव १७७ मत, जितेन्द्रकुमार यादव १७५ मत, कृष्णप्रसाद सिंह १६३ मत, दीपेन्द्रकुमार यादव १५९ मत, राजेश्वर साह १५५ मत, वीरेन्द्र यादव १५४ मत र प्रमोदकुमार सिंह १५१ मत ल्याएर विजयी हुनुभएको मुख्य निर्वाचन अधिकृत निरौलाले जानकारी दिए । कूल ३३१ मतदाता रहेको सङ्घको नयाँ नेतृत्व चयनका लागि हिजो शनिबार भएको मतदानमा ३१५ ले मत खसालेको निरौलाले बताए ।