अन्तर्राष्ट्रिय

गरिबी निवारण प्रतिष्ठानद्वारा तीन करोड जनतालाई सहयोग

चीन । करिब ३० बर्ष पहिले स्थापना गरिएको चीनको गरिबी निवारण प्रतिष्ठानले अहिलेसम्म तीन करोड नागरिकलाई गरिबीबाट माथि उठ्नका लागि विभिन्न प्रकारका सहयोग गरेको उक्त संस्थाले जनाएको छ ।

प्रतिष्ठानले सन् २०१८ को अन्त्यसम्म पाँच अर्ब ८५ करोड युआन (८७ करोड १० लाख अमेरिकी डलर) नगद तथा गरीब परिवार लक्षित कार्यक्रम मार्फत सहयोग पु¥याएको संस्था सम्वद्ध स्रोतहरूले जनाएका छन् । प्रतिष्ठानले साना तथा घरेलु उद्योगको स्थापना गरी उनीहरूको आर्थिक अवस्था सुधार तथा जनताको आम्दानी बढाउनेजस्ता कार्यक्रम मार्फत गरिब जनतालाई सेवा पु¥याएको बताइएको छ ।

उक्त संस्थाले सन् २०१५ पछि शुरू गरी हाल इ–कमर्समार्फत करिब १६ हजार कृषकलाई उनीहरूका उत्पादन विक्री गर्नका लागि सहयोग पु¥याउँदै आएको छ । यस कार्यक्रममा संस्थाले एक करोड १० लाख ६७ हजार युआन खर्च गरेको पनि बताइएको छ  प्रतिष्ठान अन्तर्गत रहेर सञ्चालित स्थानीय पर्यटन विकास कार्यक्रमबाट करिब ५९ हजार जनताले नियमित लाभ लिँदै आएका संस्थाले जनाएको छ । यस्तै कृषकलाई फाइनान्सका माध्यमबाट उत्पादनयोग्य खर्चका लागि ऋण स्वरूप ४० अर्ब ४० करोड युआन कृषका लागि प्रबाह गरेको छ ।

प्रतिष्ठानको सर्वभन्दा आकर्षक मानिएको ‘लभ प्याकेज’ गरिब जनतालाई गरिबीबाट माथि उकास्नका शिक्षा लगायतका क्षेत्रमा दिइँदै आएको छ । यस कार्यक्रम अन्तर्गत ३७ लाख छ हजार व्यक्तिबाटसन् २०१८ को अन्त्यसम्म ६७ करोड ७० लाख युआन उठाइएको छ । सम्पन्नबाट सहयोग लिएर विपन्न वर्गलाई सहयोग गर्ने यो कार्यक्रम गरिबी निवारणका लागि अर्को सशक्त माध्यम बनेको छ ।