कर्णाली प्रदेश

हावाहुरी प्रभावितलाई कर्णाली प्रदेशको एक करोड

सुर्खेत । बारा र पर्साका हावाहुरी प्रभावितका लागि राहतस्वरुप कर्णाली प्रदेश सरकारले रु एक करोड उपलब्ध गराउने भएको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले मुख्यमन्त्री राहत कोषमा उक्त रकम जम्मा गर्ने निर्णय गरेको हो ।

प्रदेशसभाका पछिल्ला बैठकमा विपक्षी दल नेपाली काङ्गे्रसका सांसदहरुले प्रदेश नं २ मा ठूलो विपत्ति आउँदा कर्णाली सरकार मौन बसेको भन्दै सरकारको आलोचना गरेका थिए । यसअघि काङ्गे्रस संसदीय दलले हावाहुरी प्रभावित परिवारको सहयोगका लागि रु ४२ हजार मुख्यमन्त्री राहत कोषमा जम्मा गरिसकेको छ ।

आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीका अनुसार बैठकले वीरेन्द्रनगरस्थित प्रदेश अस्पताललाई शिक्षण अभ्याससहितको ३०० श्ययाको प्रेषण ९रेफरल० अस्पतालका रुपमा स्तरोन्नति गर्ने निर्णय गरेको छ । हाल ५० श्ययाको उक्त अस्पताललाई सामाजिक विकास मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्ले शिक्षण अस्पतालका रुपमा स्तरोन्नति गर्ने निर्णय गरेको हो ।