समाचार

राजकीय सम्मानको माग

काठमाडौँ । अखिल नेपाल भिक्षु महासङ्घले गत शुक्रबार दिवङ्गत हुनुभएका भिक्षु अश्वघोष महास्थवीरको राजकीय सम्मानकासाथ अन्येष्टिको माग गरेको छ ।

महासङ्घले आइतबार बिजेश्वरी घाटमा भिक्षुको पार्थीव शरीरको अन्त्येष्टि गरी सातौँ दिनमा शोक मनाउन ढल्कोस्थित सङ्घराम बिहारमा सभा गर्ने भएको छ । मिर्गौला, रक्तचाप, मुटु, कलेजो, पिसाब, निमोनियालगायत समस्याबाट पीडित भिक्षुको ग्राण्डी अस्पतालमा उपचारका क्रममा शुक्रबार निधन भएको थियो । उहाँको पार्थीव शरीर सर्वसाधारणको दर्शनका लागि सोही विहारमा राखिएको छ । उहाँको आत्माको शान्तिका लागि धार्मिक गुरुहरुले पूजापाठ गरेका छन् ।

करीब आठ दशकदेखि बुद्धदर्शन र साहित्यको प्रवद्र्धनमा लाग्नुभएका ९४ वर्षीय भिक्षु अस्वघोषका करीब १५० कृति प्रकाशित छन् । थेरवाद बुद्धधर्म भिक्षु महासङ्घका सङ्घनायकसमेत रहनुभएका भिक्षु अश्वघोष अखिल नेपाल भिक्षु महासङ्घको सल्लाहकार समेत थिए ।

पूर्वराजा ज्ञानेन्द्र शाहले उनको निधनप्रति दुःख व्यक्त गर्दै आज समवेदना सन्देश पठाएको भिक्षु तपस्सीधम्मले जानकारी दिए। पाटनको उकुवहालमा जन्मनुभएका भिक्षु अश्वघोषले बौद्ध साहित्य र दर्शनको विकासमा महत्वपूर्ण योगदान पुर्याएको । तत्कालीन नेकपा ‘एमाले’ ले उनलाई राष्ट्रियसभाको सांसद बनाएको थियो ।