मनोरञ्जन

भिमार्जुनको गजल संग्रह बिमोचित, गीतकार कालीप्रसादले गरे नारायण गोपालसंग तुलना

काठमाण्डौ । संबिधानविद डा. भीमार्जुन आचार्यले गजल संग्रह विमोचन गरेका छन् । काठमाण्डौको सर्बनाम थिएटरमा गीतकार कालीप्रसाद रिजालको प्रमुख आतिथ्यमा डा. आचार्यले आफ्नो गजल एल्वम सार्बजनिक गरेका हुन् । गलज गीति एल्बम गर्दा अर्जुन मिलनको नामले पनि चिनिने डा आचार्यले धेरै नै संघर्ष गरेको र उनमा निर्णय गर्ने क्षमता संबिधानविदमा जस्तै सांगीतिक क्षेत्रमा समेत हुनुपर्ने गुण भएको दाबी गीतकार दिनेश अधिकारीले बताए ।

प्रा. डा नारायण नेपाल, संगीतकार सन्तोष श्रेष्ठ, चलचित्र निर्देशक नारायण रायमाझी लगायतले डा आचार्य संगीतमा राम्रो योगदान गर्नसक्ने ब्यक्ती भएको बताएका थिए । पुर्ब प्रहरी महानिरिक्षक कुवेरसिंह राणा, उपेन्द्रकान्त अर्याल, पुर्व डिआईजी रमेश खरेल, काँग्रेस नेता लक्ष्मण घिमिरे, अशेष मल्ल, शर्मिला मल्ल, कृष्ण मल्ल लगायत बिशिष्ट बयक्तीहरुको बीचमा बिमोचित डा. आचार्यले ७ वटा जगल भएको गजल संग्रह बजारमा ल्याएका छन् ।

फुललाई दुख्यो होला, मौनताको शहर, एकान्तमा आँसु झार्दै, ओठ तिम्रै गजल, जीवनको सारबल्ल, अतितसँग आफूलाई, जीवनको सार (ट्रयाक) समावेश छन् । अतित नामक एल्बमबाट  गजलका केही हरफ आफैंले सुनाएका सुनाएका डा. आचार्यको स्वर संगीत र बोल दर्खकले सुनेपछि दोहोद्याउन तेहेर्याउन उनलाई दर्शकले आह्वान गरेका थिए । प्रमुख अतिथी रहेका बरिष्ठ गीतकार रिजालले डा आचार्यलाई नारायण गोपालसंग तुलता समेत गर्न भ्याएका थिए ।

बिशिष्ट दर्शकहरु: