समाचार

परीक्षार्थीलाई चिट चोर्न सहयोग गर्ने निरीक्षक निष्कासन

लहान । माध्यमिक शिक्षा परीक्षा ‘एसइई’अन्तर्गत आज सम्पन्न अनिवार्य सामाजिक विषयको परीक्षामा अमर्यादित कार्य गरेको भन्दै एक जना निरीक्षकलाई निष्कासन गरिएको छ ।

परीक्षार्थीलाई चिट चोर्न सहयोग गरेको भन्दै परीक्षा अनुगमन टोलीले लहानस्थित पशुपति मावि परीक्षा केन्द्रबाट एक जना निरीक्षकलाई निष्कासन गरेको शिक्षा विकास तथा समन्वय इकाई सिरहाका प्रमुख डोलराज पाण्डेले जानकारी दिए ।

शुक्रबार भएको अनिवार्य विज्ञान विषयको चन्द्र मावि परीक्षा केन्द्रबाट ३ जना परीक्षार्थीको परीक्षा रद्द गरिएको थियो । यसबाहेक अन्य परीक्षा केन्द्रमा शान्तिपूर्णरुपमा सम्पन्न भएको उनले बताए ।