राजनीति

माओबादीप्रति मलाई बितृष्णा जाग्योः डा. भट्टराई

काठमाण्डौ । नयाँशक्ती पार्टीका संयोजक डा. बाबुराम भट्टराईले माओबादीसँग आफूलाई बितृष्णा जागेको विचार व्यक्त गरेका छन् । पहिलो संबिधानसभामा काँग्रेस एमाले १० प्रदेश बनाउने कुरामा पछाडि हटेको दाबी गर्दै त्यसबेला माओबादीले समेत पहिचानको आन्दोलन त्यागेर कााग्रेस एमालेसंग सहमती गरेकोले आफूलाई माओबादीसँग बितृष्णा जागेको डा. भट्टराईको तर्क छ ।

वाईडबडी भ्रष्टाचार, बुढीगण्डकी, साना अधिकारहरु सबै प्रधानमन्त्तीकोमा लाने अधिकार, पहिचानका मुद्धा छाडेको बिषय लगायतमा पुनः एकपटक आन्दोलन गनुपर्ने बताएका छन् । आन्दोलन गनुपर्ने बताएपनि डा भट्टराईले विप्लवजस्तो हतियार नै बोकेर मुलुक अस्तव्यस्त बनाएर आन्दोलन गर्न भने नहुने तर्क गरेका छन् । डा. भट्टराईले मगर परिषदको बुटबलमा उद्घाटन गर्दै प्रधानमन्त्री र काँग्रेसका केही नेताहरुले संघीयता नचाहेको कुरा आफूसंग गरेको खुलासा समेत गरेका छन् ।