बाग्मती

सुनकोशी नदीमा एक बेपत्ता

सिन्धुली । सुनकोशी नदीमा एक वृद्ध बेपत्ता भएका छन् । सिन्धुलीको गोलन्जोर गाउँपालिका–६ बलेनी निवासी ६१ वर्षीय प्रेमबहादुर श्रेष्ठ सुनकोशी नदीमा बेपत्ता भएका हुँन । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक चक्रबहादुर सिंहले जानकारी दिए ।

आज दिउँसो माछा मार्न गएका प्रेमबहादुर सुनकोशी नदीले बगाएको र अहिले खोजीकार्य भइरहेको उनले जानकारी दिए। नदीले बगाएको भन्ने जानकारी थाहा पाउने बित्तिकै खोजीका लागि प्रहरी पठाइएको छ ।