आर्थिक

कलेजका विद्यार्थीसँग कोका–कोला मोःमोःउत्सव

काठमाडौं । कोका–कोला नेपालको वार्षिक लोकप्रिय उत्सव कोका–कोला मोःमोःउत्सव उपभोक्तामाझ उत्साहपूर्ण ढङ्गले चलिरहेको छ । यस कोका–कोला मोःमोःउत्सवका लागि कलेजका विद्यार्थीहरु पनि निकै उत्साहित भएका छन् । टेक्सास् इन्टरनेशनल कलेज र गोल्डेनगेट इन्टरनेशनल कलेजका विद्याथीहरुले प्रियंका कार्की र आयुषमान, देशराज जोशीसँग मोःमोःउत्सव मनाउने अवसर पाएका छन् ।

प्रियंका र आयुषमान “कोक र मःमः पर्फेक्ट जोडी” नारा सहितको मोःमोःउत्सवको रौनक बढाउन मित्रपार्क स्थीत टेक्सास् इन्टरनेशनल कलेज र राम मन्दिर मार्ग स्थीत गोल्डेनगेट इन्टरनेशनल कलेज पुगेका हुन् । टेक्सास् इन्टरनेशनल कलेज र गोल्डेनगेट इन्टरनेशनल कलेजमा प्रियंका र आयुषमानले विद्यार्थीहरुसँग बसेर विभिन्न परिकारको मःम र कोका–कोलाको स्वाद बढाएका छन् । उनीहरुले विद्यार्थीहरुसँग कोका–कोला र मःम खादै, फोटो र सेल्फी खिचेका छन् ।

कोका–कोला नेपालले लोकप्रिय पिय पदार्थ कोका–कोला र रुचाईएको खाना मःमःलाई एकसाथ ल्याएर ग्राहकहरुमा खुसीयाली बाड्न लगातार विगत ४ वर्षदेखि कोका–कोला मोःमोःउत्सव आयोजना गर्दै आएको छ । यस उत्सवलाई भव्य रुपमा सफल पार्न सेलिब्रेटीहरुले विभिन्न आउटलेट र होटलहरु भ्रमण गरिरहेका छन् ।

साथै यस वर्ष उनीहरु कलेजका विद्याथीहरुसँग मोःमोःउत्सव मनाउन विभिन्न कलेजहरुमा पनि भ्रमण गरिरहेका छन् । यो कलेजका विद्यार्थी साथै सेलिब्रेटीहरुका लागि पनि केहि फरक अनुभव बटुल्ने अवसर हो । कलेजका विद्याथीहरु पनि आयुषमान र प्रियंकासँग कोका–कोला र मःमः साट्न पाउदा निकै खुसी भएका थिए ।