बाग्मती

द काठमाडौँ मल ब्यापार संघका पदाधिकारीहरु बाट सामुहिक राजिनामा

काठमाडौँ । राजधानीको मुटु सुन्धारामा अबस्थित सरकारी संचयकोष व्यापारिक भवन काठमाडौँ मलमा रहेको छ । द काठमाडौँ मल ब्यापार संघका पदाधिकारीहरु बाट सामुहिक राजिनामा दिएका छन् ।

लामो समय देखि बिबादमा रहेको तथा संचयकोषले आफ्नै प्रयोजनको लागि मललाइ खाली गर्न निर्देशन दिएको अबस्थामा गठित नयाँ कार्य समिति द काठमाडौँ मल ब्यापार संघका पदाधिकारीहरुले सामुहिक राजिनामा दिएका छन् ।

संघका बरिष्ट उपाधक्ष्य सहित महासचिब लगायतले उक्त संघ बाट राजिनामा दिएका छन् । राजिनामा पत्रमा भनिएको छ । संघका  अध्यक्ष्य संघलाई मनोमानी ढंगले एकलौटी स्वबिबेकले चल्ने गरेको कारणले राजिनामा दिएको जानकारी गराइएको छ ।