अन्तर्राष्ट्रिय

 काँग्रेस परिवारवाद र पैसाले चलेको छ– प्रधानमन्त्री मोदी

उडिसा । भारतका प्रधानमन्त्री तथा भारतीय जनता पार्टीका नेता नरेन्द्र मोदीले भारतीय राष्ट्रिय काँग्रेस पार्टी परिवारवाद र पैसाको भरमा चलेको टिप्पणी गरे ।

शनिबार आयोजित चुनावी सभालाई सम्वोधन गर्दै उनले काँग्रेसको नाम उल्लेख नगरी भने, “कुनै पार्टी परिवारवाद र पैसाको भरमा चलेका छन्, भारतीय जनता पार्टी भने जनताको रगत र पसिनाले चलेको हो ।”

काँग्रेसप्रति आक्रामक रुपमा प्रस्तुत भएका प्रधानमन्त्री मोदीले आफ्नो पार्टीका लागि जनताले धेरै मेहनत गरेको बताए । कतिपयले पार्टीकै लागि सम्पूर्ण जीवन विताएको उनले स्मरण गरे । आफ्नो पार्टीमा काम गर्नेहरुले देश र जनताको हितका लागि काम गरेको प्रधानमन्त्री मोदीको भनाई छ ।