अन्तर्राष्ट्रिय

शान्ति प्रक्रियाका लागि राष्ट्रसंघ महासचिव लिबियामा

त्रिपोली । लिबियामा शान्ति प्रक्रियाका लागि आह्वान गर्न संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेस शुक्रबार लिबिया आएका छन् ।
भ्रमणका क्रममा उनले लिबियाका वरिष्ठ अधिकारीहरुसँग भेटवार्ता गरी देशको शान्ति प्रक्रिया अगाडी बढाउने बिषयमा छलफल गर्नु भएको छ । “मलाई लिबियाका बारेमा गहिरो चासो छ, मलाई अहिले पनि विश्वास छ की लिबियामा भइरहेको रक्तपातको अन्त्य गर्न सकिनेछ,” उनले भने ।

देशको पूर्वी सहर बेन्घाजी प्रस्थान गर्नुअघि पत्रकारहरुसँगको कुराकानीमा उनले शान्ति स्थापनाको प्रयासमा सफलताका लागि सवैलाई जिम्मेबार र लचकदार हुन आह्वान पनि गरे । लिबियाका सवै संस्था तथा निकायहरु एकजुट भएमा समस्या सहजै समाधान गर्न सम्भव भएको गुटेर्रसको भनाई छ ।

लिबियाको राजनीतिक संकट समाधानका लागि राष्ट्रसंघको तर्फबाट सवै सहयोग गर्न तयार रहेको उनले बताए । उनले भने, “शान्ति स्थापना गर्न सकियो भने लिबियामा सुरक्षा, सम्बृद्धि र मानवअधिकारको प्रत्याभूति गराउन सकिनेछ ।”