समाचार

बारा पर्सामा शनिबार पानी परेपछि पीडितहरु झन पीडित

काठमाण्डौ । आईतबार राती आएको हुरी बतासका कारण झण्डै ३ दर्जनको निधन र ६ सय जना घाईते भएको घटना सेलाउन नपाउदै आज बिहान आएको हुरी र पानीने बारा पर्साको जनजिवन थप प्रभावित भएको छ । घाईतेको उपचार र घरबारबिहीन भएका लाई पानी परेपछि खेतमा त्रिपाल लगाएर ओत दिईरहेको प्रहरीले जनाएको छ । दुई हजार भन्दा बढी घरमा क्षती भएको उक्त बारा पर्सा शनिबारको पानीले थप पीडित बनेको छ ।
उद्दार कार्यका लागि विपद ब्यवस्थापन समितिको बैठक बस्न समेतच समस्या भएको फेटा गाँउपालिकाका अध्यक्ष अमिरलाल प्रसादले बताएका छन् । स्थानीय सरकार, प्रदेश सरकार, केन्द्र सरकारले तथा बिभिभ्भ संस्घसंस्था तथा ब्यक्तीले निकै नै चासो दिएर राहत उद्दार, पुनःनिमार्णका लागि लागेपछि आजको पानीले समस्यामा पारेको देखिएको छ ।