प्रदेश 1

खेतमा काम गर्ने बेलामा चट्याङ लागेर एकको मृत्यु दुई घाइते

झापा । आज बिहान करिब ८ बजेतिर झापा मेचीनगर नगरपालिका बडा नम्बर १५ मा ४० बर्षीय प्रकाश राउतको चट्याङ लागेर ज्यान गएको छ ।

उहाँका साथ साथै उहाँकी श्रीपती सुनिता राउत र मञ्जु राउत पनि घाइते भएका छन् । खेतमा काम गर्ने बेलामा उक्त घटना भएको थियो । घाइते दुवै जनाको चन्द्रगढी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।