लुम्बिनी

ट्रकको ठक्करबाट एकको मृत्यु

चितवन । केन्द्रीय बस ट्रमिनलबाट आँपटारी तर्फ जाँदै गरेको ट्रकले स्कुटरलाई ठक्कर दिँदा आज बिहान एकको मृत्यु भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार मृत्यु हुनेमा भरतपुर महानगरपालिका–१८ बस्ने ३२ वर्षीय मेघलाल तामाङ्को मृत्यु भएको हो ।

प्रहरीका अनुसार ना ६ ख ६५६६ नं को ट्रकले भित्री बाटोबाट निस्किँदै गरेको ना ६३ प ८२६ नं को स्कुटरलाई मालपोत चोकमा ठक्कर दिएको थियो । ट्रकको ठक्करबाट घाइते तामाङ्को उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । स्कुटरलाई ठक्कर दिने ट्रक प्रहरी नियन्त्रणमा छ भने चालक फरार रहेको प्रहरीले जनाएको छ ।