प्रवास

एनआरएनका पूर्व अध्यक्ष घले दम्पतीको सम्पती बढ्यो, दुबै ८५ र ८६ औं धनी

सिड्नी, अष्ट्रेलीया । एनआरएनका पुर्व अध्यक्ष समेत रहेका शेष घले र श्रीमाती जमुना घले अष्ट्रेलीयाको ८५ औं र ८६ औं धनीको सूचीमा परेका छन् । २ सय २४ मिलियन डल सम्पती जोड्दै यसभन्दा अगाडि झण्डै २५० जना धनीहरुको सूचीमा २ सय भन्दा तल भएपछि पछिल्लो समयमा एक सय भन्दा तल झर्न सफल भएका छन् । द अष्ट्रेलीयनले शनिबार सार्बजनिक गरेको धनीहरुको सूचीमा परेका घलेले शिक्षा, रियल स्टेट लगायतका ब्यवशायमा संलग्न छन् ।
लमजुंगमा जन्मिएका घले दुई दशक अगाडी सामान्य विद्यार्थीको रुपमा अष्ट्रेलीय प्रवेश गरेपनि १० बर्षदेखी नै त्यहाँको धनीहरुको सूचीमा पर्न सफल हुंदै आएका छन् ।

सूचीमा कार्बनबोर्ड र प्रशोधनको व्यवसायमा लागेका एन्थोनी प्राट १३ दशमलव १४ बिलियन डलरसहित पहिलो नम्बरमा छन् भने जिना र्‍यानहार्ट र ह्यारी ट्रिगुबोफ क्रमशः १३ दशमलव १२ बिलियन र १२ दशमलव ३१ बिलियनसहित दोस्रो र तेस्रो नम्बरमा रहेको सार्बजनिक गरिएको छ ।
काठमाण्डौमा पनि दुई कार्यकाल एनआरएनको अध्यक्ष बनिसकेका घलेले अत्याधिक सुबिधा सम्पन्न पाँचतारे होटल निर्माणकोअन्तिम चरण पारगरिसकेका छन् ।