अन्तर्राष्ट्रिय

जी–७ राष्ट्रका विदेशमन्त्रीको बैठक शुरू, पोम्पेओ अनुपस्थित

विश्वका सात विकशित मुलुक (जी–सेभेन) का विदेशमन्त्रीहरूको बैठक उत्तरी फ्रान्समा शुक्रबार बसेको छ ।

विश्वव्यापी असमानता र साइबर अपराधका बिषयमा छलफल गर्न भएको भेलामा अमेरिकी विदेशमन्त्री माइक पोम्पेओ भने अनुपस्थित भएका थिए । दुई दिने भेला दिनार्डको ब्रेटन रिसोर्टमा भएको र बैठकमालिविया समस्या, बेलायतको यूरोपेली संघबाट हुने बहिर्गमन प्रक्रिया लगायतका विश्वव्यापी बिषयमा छलफल हुने बताइएको छ ।

भेलामा बेलायत, क्यानडा, फ्रान्स, जर्मनी, इटाली र जापानका विदेशमन्त्री सहभागी जी–सेभेन राष्ट्रका विदेशमन्त्रीको भेलामा अमेरिकी विदेश मन्त्री पोम्पेओ सहभागी नभएपछि विश्लेषकहरूले अमेरिकाले बहुपक्षीयतालाई नस्वीकार्ने सङ्केतबारेको अमेरिकाको अर्को शङ्कास्पद व्यवहार मानिएको छ । यद्यपि बैठकमा अमेरिकाको प्रतिनिधित्व भने अमेरिकी उपविदेशमन्त्री जेन जे सुलिभानले गरेका छन् ।

क्यानडेली विदेश मन्त्रालयका क्रिश्टिया फ्रिल्याण्डले उनका अन्य यूरोपेली समकक्षीले झै पोम्पेओसँग गत हप्ता भएको उत्तर एटलान्टिक सन्धि संगठनमा भेटेका थिए तर जी–सेभेनको विदेशमन्त्रीको भेलामा सहभागी नभएको आश्चर्य व्यक्त गरे । उनले भने, “मलाई लाग्छ भेलामा पोम्पेओ नआएकोमा हामी दुःखी छौँ, तर क्षमतावान अमेरिकी उप विदेशमन्त्रीको उपस्थिति सह्राननीय छ ।

पोम्पेओ नेटोको बैठकमा ‘अत्यन्तै व्यस्त’ रहेकाले उपस्थित नभएको जानकारी मिलेको छ ।” बेलायतका उच्च कूटनीतिज्ञ जेरेमी हन्टले फ्रान्समा जानुपहिले भने, “हामीले विश्वव्यापीरूपमा प्रजातन्त्रमा देखिएको चुनौति,साइबर अपराध र सरकारका तर्फबाट प्रजातान्त्रिक प्रक्रियामा हुने हस्तक्षेपका सम्बन्धमा कुरा गर्ने कार्यक्रम रहेको छ ।”

“हामीसँग ती हस्तक्षेपको सामना गर्ने जायज रणनीति छैन ।” फ्रान्स, जहाँका राष्ट्रपति इम्यानुयल म्याक्रोँ थिए, ले जी–सेभेनका नेताहरूको आगामी अगस्टमा वियारिजमा हुने सम्मेलनको आतिथ्यता गर्ने कार्यक्रम रहेको छ ।