समाचार

काठमाण्डौमा गड्यागं गुडुगं र हावाहुरी, बनभोज लगायतका कार्यक्रममा शनिबार मनाउने सर्बसाधारण योजना अन्यौलमा

काठमाण्डौ । अहिले एकाबिहानै काठमाण्डौमा हावाहुरी र पानी पर्न थालेको छ । मौसम बुर्बानुमान महासाखाले शुक्रबार नै पानी पर्ने अनुमान लगाएको थियो। आकास पुरै अँध्यारो देखिएकोले बिदाको दिन मनाउन बनभोज लगायतका कार्यक्रममा घरबाहिर जाने सर्बसाधारण अन्यौलमा परेका छन् । पानी दिनभर पर्ने सम्भावना देखिएको छ ।

देशभरको मौसममा आंशिकदेखि सामान्य बदली हुँदा अधिकांश भूभागमा मेघ गर्जनसहित वर्षा शुरु भएको छ । साथै तराईका सिमाना र पश्चिमी पहाडका केही स्थानमा हल्का हावाहुरी चल्ने तथा उच्च हिमाली भेगका केही स्थानमा हल्का हिमपातको सम्भावना देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको थियो। आज अधिकांश भागको मौसममा सामान्यदेखि पूर्ण बदली रही केही स्थानमा मेघ गर्जनका साथ हल्कादेखि मध्यम वर्षा र बिहानको समयमा बर्षा र हावाहुरी चल्ने महाशाखाले प्रक्षेपण गरे अनुसार पानी शूरु भएको छ ।

त्यस्तै आइतबार केही स्थानमा मेघ गर्जनसहित वर्षा र मध्य तथा पश्चिमका थोरै स्थानमा हल्का हावाहुरी चल्ने सम्भावना रहेको जानकारीसहित महाशाखाले तीन दिनको मौसमी अवस्थाको पूर्वानुमान गरेको थियो ।