अन्तर्राष्ट्रिय

सत्ता पक्ष र विपक्षले आज सँगसगै कार्यक्रम गर्ने

भेनेजुएला । भेनेजुएलाको सत्तारुढ दल र विपक्षी दलले आज राजधानी काराकसमा छुट्टाछुट्टै स्थानमा कार्यक्रम गरी आ–आफ्ना तर्फबाट शक्ति प्रदर्शन गर्ने भएका छन् ।

सत्तारुढ दल युनाइटेड सोसलिष्ट पार्टी अफ भेनेजुएला (पीएसयुभी) र विपक्षी दलले राजधानीमा आफ्ना समर्थकहरु सहितको कार्यक्रमका लागि बिहीबार आह्वान गरेका हुन् । “आज, अर्थात् अप्रिल ६ तारिखका दिन हामी सवै जना स्थानीय समय अनुसार बिहान नौ बजे राजधानीको मुख्य ठाउँमा भेला हुन लागेका छौँ,” सत्तारुढ दलको कार्यक्रम तथा जनपरिचालन उपाध्यक्ष डारिओ भिभासले भने ।

राज्यद्वारा सञ्चालित भि टिभीलाई टेलिफोनमा उनले दिएको जानकारी अनुसार सरकार समर्थकहरुले सरकारको पक्षमा नारा लगाउदै राष्ट्रपति कार्यालय अगाडिसम्म ¥याली निकाल्ने भएका छन् । आज नै प्रतिवन्धित विपक्षी दलले पनि देशब्यापी प्रदर्शनको आयोजना गरेको छ । सत्तारुढ दललाई सत्ताबाट हटाउनु पर्ने माग गर्दै सो पार्टीले प्रदर्शन गर्न लागेको अधिकारीहरुले बताएका छन् ।
“आजका दिन हामीले परिवर्तनको एजेण्डालाई उठाउदै देशभरी प्रदर्शनको तयारी गरेका छौँ,” विपक्षी नेता जुआन गुएइदोले भने । गुआइदोले गत जनवरीमा आफूलाई राष्ट्रपति घोषणा गराएका थिए । विपक्षी दलको बहुमत रहेको राष्ट्रिय सभाका अध्यक्षसमेत भएका गुएइदोले काराकसमा संघीय संसदीय दरबार बनाउने घोषणा पनि गरेका छन् ।

“आज हामीले कडा दवाव दिने छौँ, हाम्रो प्रदर्शन पूर्ण रुपमा शान्तिपूर्ण नै हुनेछ, रणनीतिक र व्यवस्थित तरिकाले हामीले सडकमा प्रदर्शन गर्नेछौँ,” उनले ट्वीट गरेका छन् । सत्तापक्ष र विपक्ष दुवैले शनिबारको प्रदर्शनलाई आफ्नो शक्ति प्रदर्शनको रुपमा लिएका छन् ।