आर्थिक

सिभिल बैंकको शाखा अब जाजरकोटमा

काठमाडौँ । सिभिल बैंक लिमिटेडले जाजरकोट जिल्लाको शिवालय गाँउपालिकामा शाखा स्थापना गरेको छ । सो शाखाको उद्घाटन कर्णालीप्रदेश सभा सदस्यमाननीय करबीर शाहीले गरेका हुँन् ।

उक्तशाखाको उद्घाटन समारोहमा प्रमुख अतिथि तथा कर्णाली प्रदेश सभासदस्य माननीय कर बीर शाही, सिभिल बैंकका प्रमुख माईक्रो बैकिंग यूवराज गुरागाईं, जाजरकोट जिल्ला समन्वय समितिका प्रमुख मन बहादुर रावल, शिवालय गाँउपालिकाका अध्यक्ष नरेन्द्र कुमार शाही, शिवालय गाँउ पालिकाका उपाध्यक्ष कुमारी थापा, शिवालय गाँउ पालिकाका प्रमुख प्रशासकिय अधिकृत धनीराम शर्मा लगायत सो क्षेत्रका राजनैतिक ब्यक्तित्वहरु, उद्योगी,व्यवसायी,गन्यमान्य ब्यक्ति तथा सर्वसाधरणको बाक्लो उपस्थिति थियो ।

उद्घाटन कार्यक्रमका प्रमुख अतिथि तथा कर्णाली प्रदेश सभा सदस्य माननीय करबीर शाहीले अहिले पनि नेपालको कूल ४०% जनताले मात्र बैकिंग कारोबार गर्ने र सो ४०% भित्रको ४२% ले मात्र ऋण सुविधाको उपभोग गर्ने गरेको र बैंकको उपस्थिति विना संघीय नेपालको समृद्धि हुन नसक्ने कुरा प्रस्ट्याए । ग्रामीण भेगमा बैंकको शाखा बिस्तार हुँदा बित्तिय साक्षरताको अभिबृद्धी हुने र यसरी नै सबैको सहयोग मिलेमा देशमा आर्थिक सम्बृद्धी आउने कुरा वहाँले बताए ।

स्थानीयतहमा बैंकको आवश्कता महसुस गरेर सिभिल बैंकले आफ्नो शाखा जाजरकोट जिल्लाको शिवालय गाँउपालिकामा स्थापना गरेकोमा शिवालय गाँउपालिकाका अध्यक्ष नरेन्द्र कुमार शाहीले खुशी व्यक्त गरे।  सिभिल बैंकका प्रमुख माईक्रो बैकिंग यूवराज गुरागाईंले ग्रामीण भेगको आर्थिक विकासको लागि बैंक अपरिहार्य रहेको बताए ।

नेपाल राष्ट्र बैंकले स्थानिय स्तरमा बित्तीय पहुँच पुर्याउने नितीलाई आत्मसात गर्दै सिभिल बैंक लिमिटेडले जाजरकोट जिल्लाको शिवालय गाँउपालिकामा शाखा संचालनमा ल्याई जिल्ला वासीलाई सहयोग गर्न पाएकोमा उनले खुसी ब्यक्त गरे ।

सिभिल बैंकले आफ्ना ग्राहकवर्ग तथा अन्य सम्पूर्ण सरोकारवालाहरुका हितलाई ध्यानमा राखीबचत परिचालनका योजनाहरु ल्याउने र स्थानिय अर्थतन्त्रको विकासका लागी उत्पादन मुलक क्षेत्रको लगानीमा जोड दिनुका साथै प्रविधि केन्द्रित सेवा सुविधालाई परिस्कृत गर्दै लैजाने र आफ्नो पहुँचलाई विस्तार गर्दै व्यवसाय अभिवृद्वि गर्दै जाने कुरा पनि बैंकका प्रमुख माईक्रो बैकिंग यूवराज गुरागाईंले बताए ।

सिभिल बैंकले हालसम्म करीब ३००,००० ग्राहकहरु रहेको, करीब रु.४४ अर्व निक्षेप परिचालन गरी करीब रु.४४ अर्व कर्जा लगानी गरेको छ । शिवालय शाखा सहित यस बैंकको कुलशाखा संख्या ७४पुगेकोे बैंकले जनाएको छ ।