राजनीति

ओली सरकारले दुई तीहाईको घमण्ड मात्र देखाएको छ– कांग्रेसका नेता शाही

काठमाडौँ । जनताले दुई तीहाई मत दिदा पनि नेकपा सरकारले कुनै पनि काम गर्न नसकेको कांग्रेसका नेता जीवनबहादुर शाहीले आरोप लगाएका छन् । पुर्व मन्त्री समेत रहेका शाहीले भने ओली सरकारले दुई तीहाईको घमण्ड मात्र देखाएकाले जनतामा सरकार र नेत्रित्व प्रती वितिष्णा छाएको छ ।

उनले भने ओली सरकारले चाहायो भने देशको विकाश तिव्र गतिमा गर्न सक्ने थियो, तर दुई तीहाई नेकपाको सरकार भाषण र गफमा मात्र सिमित छ । संघीयतामा सबै भन्दा बढि शक्तिशाली हुनुपर्ने प्रदेश सरकार नै सवै भन्दा कमजोर भएको बताए ।

उनले सरकारले प्रतिपक्षको सुझाब सल्लाहहरु निकै राम्रा भएपनि यसको अर्थ नबुझेर वेवास्ता गर्दै प्रतिपक्षको अस्तित्वलाई स्विकार्न नसकेको आरोप लगाए ।

शुक्रबार प्रेस युनियन रुकुम पश्चिमले जिल्ला सदरमुकाम खलंगामा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता शाहीले उक्त कुरा बताएका हुन ।