गण्डकी प्रदेश

हावाहुरी पीडितलाई आर्थिक सहयोग

पोखरा । यही चैत १७ गते बारा र पर्सा जिल्लामा आएको हावाहुरी पीडितलाई पोखरा चेम्बर्स अफ कमर्श कास्कीले आर्थिक सहयोग गरेको छ । चेम्बर्स अफ कमर्शको केन्द्रीय कार्यालयमार्फत प्रधानमन्त्री राहात कोषमा रु ८२ हजार पठाइएको महासचिव उमराज बाँस्तोलाले जानकारी दिए ।

उनका अनुसार हावाहुरीबाट प्रभावितलाई हाम्रो सहयोगी बचत तथा ऋण सहकारी संस्थाले रु १० हजार एक रुपैया, गण्डकी जग्गा तथा आवास विकास सङ्घले रु १० हजार र रानीवन बचत तथा ऋण सहकारी संस्थाको तर्पmबाट रु चार हजार सङ्कलन गरिएको हो ।