समाचार

फोटो प्रदर्शनीमा नेपालका वन्यजन्तु

काठमाडौँ । नेपाल पर्यटन बोर्डले मासिक रुपमा आयोजना गर्दै आएको ‘ह्यास ट्याग फोटो’ नेपाल प्रदर्शनीमा नेपालका विभिन्न जङ्गली जनाबरका तस्बिर प्रदर्शनी गरिएको छ । बोर्डको ‘फोटो नेपाल’ कार्यक्रम अन्तर्गत ‘वाइल्डलाइफ’ फोटोग्राफर सागर गिरीले खिच्नुभएका वन्यजन्तुका ३५ फोटो प्रदर्शनी गरिएको बोर्डका वरिष्ठ अधिकृत सुधन सुवेदीले बताए ।

बोर्ड परिसरमा यही चैत २८ सम्म चल्ने प्रदर्शनीका क्रममा वाइल्डलाइफ फोटोग्राफीको अनुभव र पर्यटन प्रवद्र्धनका विषयमा अन्तक्र्रिया गरिनेछ ।  बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले फोटो नेपालले यसपटकको अङ्कमा विश्वमै नेपाल अनूपम गन्तव्यका रुपमा चिनाउने विविधताले भरिपूर्ण विशेषतः जङ्गली जनाबरलाई स्थान दिइएको बताए । फोटोमार्फत पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले बोर्डले विगत चार वर्षदेखि अङ्ग्रेजी महीनाको पहिलो शुक्रबार फोटो प्रदर्शनी गर्दै आएको छ ।