लुम्बिनी

सेनाद्वारा अपाङ्गमैत्री शौचालय निर्माण

लमही । नेपाली सेनाले दाङ राजपुर गाउँपालिका–३ प्रतापुरमा रहेको बेला स्वास्थ्य चौकीमा अपाङ्गमैत्री शौचालय निर्माण गरेको छ । रिपुमर्दन गण भरतपुरमा कार्यरत नेपाली सेनाद्वारा दुईकोठे अपाङ्गमैत्री शौचालय निर्माण गरिएको हो ।

अपाङ्गता भएका बिरामीलाई सहज होस्, भनेर उक्त शौचालय निर्माण गरिएको गणका प्रमुख सेनानी सुमन थापाले बताए । मध्यपश्चिम पृतना हेटक्वार्टरको ‘क्वाइक इम्प्याक्ट प्रोजेक्ट’को दुई लाख र रिपुमर्दन गण भरतपुरमा कार्यरत नेपाली सेनाको १८ दिनको श्रमद्धानबाट शौचालय निर्माण गरिएको हो । उक्त शौचालयको गाउँपालिकाका अध्यक्ष लोकराज केसीले उद्घाटन गरेका थिए । शौचालय स्वास्थ्य चौकीका प्रमुखलाई हस्तान्तरण गरिएको छ ।

त्यस अवसरमा गाउँपालिकाका अध्यक्ष केसीले विकास निर्माणमा नेपाली सेना अग्रपङ्तिमा रहेको भन्दै उनले उक्त कार्यको प्रशंसा गर्नुभएको थियो । त्यस अवसरमा सेनानी थापाले देशको हितमा अहिलेसम्म काम गर्दै आएको तथा अझ दुर्गम र विकट क्षेत्रमामा विशेष प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता जनाए ।