सुदूरपश्चिम

दार्चुलामा पाठ्यपुस्तक ढुवानी शुरु

दार्चुला । हरेक वर्षजस्तै समयमै पाठ्यपुस्तक पु¥याउन सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला दार्चुलामा योवर्ष पाठ्यपुस्तक ढुवानी शुरु भएको छ । पाठ्यपुस्तक दिवसका दिन बालबालिकाको हातमा किताब पु¥याउने गरी जिल्लाभरी पाठ्यपुस्तक ढुवानी शुरु गरिएको हो ।

नौ वटै स्थानीय तहका झण्डै ३६ हजार बढी विद्यार्थीका लागि समयमै पाठ्यपुस्तक ढुवानी गर्न बिक्रेतालाई ताकेता समेत गरिएको छ । अहिले हरेक स्थानीय तहका शिक्षा विकास शाखाले आफ्नो क्षेत्रभित्रका विद्यालयका लागि आवश्यक पाठ्यपुस्तक माग गरिसकेका छन् ।

महाकाली नगरपालिकाको शिक्षा विकास शाखाले जिल्लाका दुई पुस्तक पसललाई किताब खरीदको जिम्मेवारी दिएको जनाएको छ । सोअनुसार बिक्रेताले विद्यालयमा पाठ्यपुस्तक ढुवानी शुरु गरिसकेको शिक्षा विकास शाखा प्रमुख मानसिंह धामीले जानकारी दिए ।

महाकालीमा कक्षा १ देखि कक्षा १० सम्म चार हजार ७८० विद्यार्थी छन् । चैत मसान्तभित्र विद्यालयमा पुस्तक पु¥याउन बिक्रेतालाई ताकेता गरिएको शिक्षा शाखा प्रमुख धामीले जानकारी दिए । नगरपालिकाभित्र ४८ सामुदायिक विद्यालय छन् ।

यस्तै ब्यास गाउँपालिकाको शिक्षा शाखाले आगामी वैशाख ५ गतेभित्र पाठ्यपुस्तक पु¥याउन निर्देशन गरेको छ । ब्यासमा २६ सामुदायिक विद्यालयका दुई हजार २२९ विद्यार्थीका लागि भर्ना अभियानका बेला पाठ्यपुस्तक पु¥याउन निर्देशन गरिएको शिक्षा शाखा प्रमुख भुपसिंह कँुवरले जानकारी दिए ।

दुहुँ गाउँपालिकाको शिक्षा विकास शाखाले पुस्तक खरीदका लागि सम्बन्धित विद्यालयको खातामा रकम निकासा गरिसकेको शिक्षा विकास शाखा प्रमुख शिवराज भट्टले जानकारी दिए । दुहुँभित्र रहेका १९ सामुदायिक विद्यालयका दुई हजार ४०० बढी विद्यार्थीका लागि आगामी वैशाख ५ गते अगावै पुस्तक विद्यार्थीको हातहातमा पुग्ने गरी काम गर्न भनिएको भट्टले बताए ।

अपी हिमाल गाउँपालिकाका शिक्षा शाखा प्रमुख करवीरसिंह बोहराले गाउँपालिकाभित्रका २२ सामुदायिक विद्यालयका लागि पाठ्यपुस्तक ढुवानी शुरु भइसकेको बताए । जिल्लाकै सबैभन्दा टाढाको गाउँपालिकामा समयमै विद्यार्थीको हातमा पाठ्यपुस्तक पु¥याउन बिक्रेतालाई आग्रह गरिएको उनले जानकारी दिए । गाउँपालिकाभरी एक हजार ८६४ जना विद्यार्थी अध्ययनरत छन् ।

मालिकार्जुन गाउँपालिकाको बैठकको निर्णयानुसार आगामी वैशाख ५ गतेभित्र विद्यालयमा पाठ्यपुस्तक पु¥याउन बिक्रेतालाई ताकेता गरिएको शिक्षा शाखा प्रमुख दशरथ भट्टले जानकारी दिए । मालिकार्जुनका ४४ सामुदायिक विद्यालयमा तीन हजार ९२१ विद्यार्थीका लागि समयमै पाठ्यपुस्तक पु¥याउन ताकेता गरिएको छ । विद्यालयले आगामी वैशाख ५ गते पाठ्यपुस्तक दिवस मनाएपछि वैशाख ६ गतेबाट नियमित पढाइ सञ्चालन गर्ने गरी कार्ययोजना बनाइएको शाखा प्रमुख भट्टको भनाइ छ ।

यसैगरी लेकम गाउँपालिकाका ४९ सामुदायिक विद्यालयका चार हजार ८० विद्यार्थीका लागि समयमै पाठ्यपुस्तक पु¥याउन विद्यालयलाई ताकेता गरिएको शिक्षा शाखा प्रमुख मोहनदेव विष्टले जानकारी दिए। हरेक विद्यालयलाई पाठ्यपुस्तकको रकम निकासा गरिएको उनले बताए । विद्यालयलाई आफ्नो इच्छाअनुसार पाठ्यपुस्तक बिक्रेता रोजेर किताब ल्याउने जिम्मेवारी दिइएको उनले जानकारी दिए ।

यस्तै शैल्यशिखर नगरपालिकाले आगामी वैशाख १० गतेभित्र हरेक विद्यार्थीको हातमा पाठ्यपुस्तक पुग्ने गरी ल्याउन विद्यालयलाई ताकेता गरिएको शिक्षा शाखा प्रमुख सुरेन्द्रबहादुर विष्टले जानकारी दिए । शैल्यशिखरमा ५१सामुदायिक विद्यालय छन् भने सात हजार ५०० विद्यार्थी अध्ययनरत रहेका जनाइएको छ ।

मार्मा गाउँपालिकाले गाउँपालिकामा कार्यरत चारवटा पाठ्यपुस्तक बिक्रेतालाई पाठ्यपुस्तक ल्याउने जिम्मेवारी दिएको जनाएको छ । शिक्षा शाखा प्रमुख केशवबहादुर सिंहका अनुसार आगामी वैशाख ५ गतेभित्र सबै विद्यार्थीको हात हातमा किताब पुग्ने गरी पाठ्यपुस्तक बिक्रेतालाई ताकेता गरिएको छ । मार्मामा झण्डै चार हजार ५०० को हाराहारीमा विद्यार्थी अध्ययनरत छन् ।

नौगाड गाउँपालिकाका ४६ सामुदायिक विद्यालयका पाँच हजार ५२४ विद्यार्थीका लागि आगामी वैशाख ५ गतेभित्रै पाठ्यपुस्तक उपलब्ध गराउन विद्यालयलाई ताकेता गरिएको विद्यालयका प्रास विजराज लेखकले जानकारी दिए । गाउँपालिकाको शिक्षा शाखाले हरेक विद्यालयमा विद्यार्थी सङ्ख्या अनुपातमा ७५ प्रतिशत बजेट विनियोजन गरेको र सोहीअनुसार पाठ्यपुस्तक खरीद गर्न ताकेता गरिएको उनले बताए।

योवर्ष सबै विद्यार्थीको हातहातमा समयमै पाठ्यपुस्तक उपलब्ध गराई वैशाख १५ गतेबाट पढाइ शुरु गर्न जिल्लाभरिका सबै विद्यालयलाई पत्राचार गरिसकेको छ  । त्यसका लागि जिल्लाभरिका शिक्षा संयोजक र विद्यालयका प्रधानाध्यापकलाई पाठ्यपुस्तकको व्यवस्था गर्न सम्बन्धित स्थानीय तहसित समन्वय गर्न गत फागुनमा नै निर्देशन गरिएको समन्वय इकाईका प्रमुख जयराज पन्तले बताए ।