लुम्बिनी

दाङको शान्तिनगर गाउँपालिकाले सडक विस्तारलाई प्राथमिकता दिदैँ

लमही । दाङको शान्तिनगर गाउँपालिकाले सडक विस्तारलाई प्राथमिकता दिएको छ । गाउँपालिकाका अध्यक्ष कमानसिंह डाँगीका अनुसार गाउँपालिकाका ९७ गाउँमध्ये ९४ गाउँमा सडक पुगेको बताए।

“हामीले सडक विस्तारलाई प्राथमिकता दिएका छौँ”, उनले भने, “अहिलेसम्म ९४ गाउँमा सडक पुगिसकेको छ ।” बाँकी रहेका तीन गाउँलाई पनि चालू आवमै सडकसँग जोड्ने लक्ष्य रहेको उनको भनाइ छ । उनले ग्रामीण क्षेत्रमा केही कठिनाइ भएको भए पनि चालू आवभित्रै सबै गाउँमा सडक सञ्जाल विस्तार गर्ने बताए ।

सात वडा रहेको उक्त गाउँपालिकामा अहिलेसम्म नौ किलोमिटर मात्रै सडक ओटासिल रहेको छ । साथै गाउँपालिकाले खानेपानीलाई पनि विशेष महत्व दिएको छ । अहिले तीन सिँचाइ योजनाको काम भइरहेको अध्यक्ष डाँगीले जानकारी दिए ।