समाचार

बार अध्यक्षमा प्रगतिशिल समर्थक अध्यक्ष श्रेष्ठसहित दुईतिहाई सदस्य विजयी (विस्तृत)

काठमाडौँ । कानून व्यवसायीको छाता सङ्गठन नेपाल बार एशोसिएशनको नयाँ नेतृत्वमा प्रगतिशील, पेशागत तथा समावेशी समूहको वर्चश्व भएको छ ।

बिहीबार अपरन्ह सम्पन्न मतपरिमाणअनुसार २५ जनाको केन्द्रीय कार्यसमितिमा प्रगतिशिल समूहका २२ जना निर्वाचित हुँदै वर्चश्व भएको हो ।

प्रदेश नं– ५ का उपाध्यक्ष, महासचिव र एक खुला मधेशी/मुस्लिम सदस्यबाहेक सबै पदमा प्रगतिशिल समूहका उम्मेदवार निर्वाचित भएका हुन् । प्रगतिशिल समूहबाट अध्यक्षका उम्मेवार बन्नुभएका चण्डेश्वर श्रेष्ठले लोकतान्त्रिक समूहका अध्यक्षका अर्का उम्मेदवार सुनिलकुमार पोखरेललाई १४९ मतलेपछि पार्दै श्रेष्ठ निर्वाचित भएका हुन् ।

अध्यक्षमा निर्वाचित श्रेष्ठले चार हजार २२ मत प्राप्त गर्नुभएको छ उहाँका निकटम प्रतिद्वन्द्वी पोखरेलले तीन हजार ८७३ मत प्राप्त गर्नुभएको प्रमुख निर्वाचन अधिकृत दामोदर खड्काले जानकारी दिए ।

नवनिर्वाचित अध्यक्ष श्रेष्ठले बारलाई प्राज्ञिक र पारदर्शी थलो बनाउने बताए । लोकतान्त्रिक समूहबाट प्रदेश नं–५ का उपाध्यक्ष सुनिलकुमार श्रेष्ठ, महासचिवमा लिलामणि पौडेल र मधेशी/मुस्लिम खुलातर्फ मनोजकुमार चौधरीले मात्र निर्वाचित भएका छन् ।

यही चैत १९ गतेदेखि भएको मतगणना आज सकिएको हो । आज सम्पन्न मतगणनाले तीन वर्षका लागि नयाँ नेतृत्व चयन गरेको हो । यस्तैगरी महासचिवमा लोकतान्त्रिक समूहबाट लिलामणि पौडेल निर्वाचित भएका छन् ।

लोकतान्त्रिक समूहका पौडेलले प्रगतिशिल समूहका सुरेन्द्रबहादुर थापालाई ४७७ मतले पछि पार्दै महासचिवमा निर्वाचित भएक हुन् । पौडेलले चार हजार १७८ मत प्राप्त गर्नुभएको छ भने थापाले तीन हजार ७०१ मत पाएका छन् ।

यस्तै उपाध्यक्षमा प्रदेश नं– १ बाट मानबहादुर रुम्दालीले तीन हजार ९४७ मत, प्रदेश नं २ बाट रामचन्द्र सिंहले तीन हजार ९३८ मत, प्रदेश नं तीन बाट ईश्वरीप्रसाद भट्टराईले चार हजार १६८ मत, गण्डकीप्रदेशबाट सुरेन्द्रथापा मगरले चार हजार २९४ मत, प्रदेश नं ५ बाट सुनिलकुमार श्रेष्ठले तीन हजार ९६८ मत कर्णालीबाट मीनबहादुर महतले चार हजार ५९ मत र सुदूरपश्चिम प्रदेशबाट उमेशप्रसाद विष्टले चार हजार २७ मत प्राप्त निर्वाचित भएका छन् ।
यस्तै महिला उपाध्यक्षमा रक्षा बस्यालले तीन हजार ९४७ मत प्राप्त गरी निर्वाचित भएका छन् । यस्तै कोषाध्यक्षमा रुद्रप्रसाद पोखरेलले चार हजार ४६ मत प्राप्त गरी निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी तेजबहादुर रावलले तीन हजार ६४१ मत प्राप्त गरेका छन् ।

यसैगरी छ खुला सदस्यमा गङ्गाप्रसाद सिग्देलले चार हजार २२, भीमसेन बञ्जाराले तीन हजार ९८२, भुवनप्रसाद निरौलाले तीन हजार ९७६, प्रकाशन महर्जनले तीन हजार ७४२, बालकृष्ण गैरेले तीन हजार ४८९ र खिमानन्द अधिकारीले तीन हजार ४२४ मत प्राप्त गरी विजयी भएका छन् ।

यसैगरी उपत्यकाका खुला उपत्यका बाहिरबाट डा शिवराज पण्डितले चार हजार १६४ मत प्राप्त गरी निर्वाचित भएका छन् । यस्तै दलिततर्फ मोहन साशङ्करले चार हजार ७९ मत, मधेशी/मुस्लिम उपत्यका बाहिरबाट पञ्चनारायण मण्डल चार हजार १०८, मधेशी/मुस्लिम खुलातर्फ मनोजकुमार चौधरीले तीन हजार ९३०, आदिवासी÷जनजाति उपत्यका बाहिर बिनाकुमारी सिंह (चौधरी)ले चार हजार १०५, आदिवासी/जनजाति खुलातर्फ बद्रीनारायण नगरकोटीले तीन हजार ९९८, महिला उपत्यका बाहिरबाट कल्पनाकुमारी भण्डारीले चार हजार १४५ र महिला खुलातर्फ अञ्जु कायस्थले चार हजार १४ मत प्राप्त गरी निर्वाचित भएक हुन् । निर्वाचनमा ३५ मतदान केन्द्रबाट देशभर बारका १० हजार ३१३ मतदातामध्ये आठ हजार ३२९ मतदाताले मतदान गरेका थिए ।

१.अध्यक्षः चण्डेश्वर श्रेष्ठ

२.उपाध्यक्ष, प्रदेश नम्वर १ः मान बहादुर रुम्दाली

प्रदेश नम्वर २ः रामचन्द्र सिंह
प्रदेश नम्वर ३ः ईश्वरी प्रसाद भट्टराई
गण्डकी उपाध्यक्ष (प्रदेश ४)ः सुरेन्द्र थापा मगर
प्रदेश नम्वर ५ः सुनिल कुमार श्रेष्ठ
कर्णाली  (प्रदेश ६)ः मिनबहादुर महत
सुदुरपश्चिम उपाध्यक्ष (प्रदेश ७ं)ः उमेश प्रसाद बिष्ट
३. खुलाक्षेत्र उपाध्यक्ष खुलाक्षेत्र महिलाः रक्षा वस्याल
४.महासचिवः लिलामणी पौडेल
५. कोषाध्यक्ष स्रुद्र प्रसाद पोख्रेल
६. सदस्य (दलित)ः मोहन साशंकर
७ सदस्य (मधेशीरमुश्लीम) उपत्यका वाहिरः पंचनारायण मण्डल
८.सदस्य (मधेशीरमुश्लीम)ः खुल्लाः वीरेन्द्र कुमार ठाकुर
९. सदस्यः (आदिवासीर जनजाती) उपत्यका बाहिरः विना कुमारी सिंह (चौंधरी)
१०. सदस्य(आदिवासी÷जनजाती) खुलाः बद्री नारायण नगरकोटी –
११.सदस्य महिला उपत्यका बाहिरः कल्पना कुमारी भण्डारी
१२. सदस्य महिला खुलाः अन्जु कायस्थ
१३.सदस्य खुला उपत्यका बाहिरः डा. शिवराज पण्डित
१४. सदस्य
गंगा सागर खत्री
भिमसेन वन्जारा
भुवन प्रसाद निरौला
प्रकाश महर्जन
बाल कृष्ण गैरे
खिमानन्द अधिकारी