बाग्मती

पार्किगं गरेर राखेको स्कुटर चोरी गर्ने विकास पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले स्कुटर चोरी गर्ने एकजनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी प्रभाग कपनले रामहिटीस्थित मुकुम गुम्बा नजिक सडकमा पार्किङ गरेर राखेको बा २९ प ६०७९ नं को कालो स्कुटर चोरी गर्ने ओखलढुङ्गाका १६ वर्षीय विकास रानालाई बिहीबार पक्राउ गरेको हो ।

महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी नायब उपरीक्षक होविन्द्र बोगटीले कपनबाट हराएको स्कुुटर बूढानीलकण्ठ नगरपालिका–१० मिलचोकबाट स्कुटरसहित पक्राउ गरिएको जानकारी दिए । पक्राउ परेका रानालाई महानगरीय प्रहरी वृत्त बौद्धमा राखेर अनुसन्धान भइरहेको परिसरले जनाएको छ ।