साहित्य

जिम्मा तिम्रै हो

-यसोदा कार्की                                                                                                                                                 -कविता

 

आत्तिएर ऊकालो उक्लिएको त्यो मान्छेलाई
भेट्न भनी कैयौंं चोटी विवस छ यो मन ।
क्रोधले हो या अर्कै केले जलेको त्यों तिम्रो दिललाई
निभाउनकै खातिर सम्झी हज़ार चोटी रोएकोथ्यो मन ।।

जल्दो रैछ खरानी भई, धुजा धुजा फाट्यो पनि
सम्मालिन नसक्दा त कैयौ चोटी लडियो पनि ।
धूम्मिएको मन बोकि बोल्न बाध्य हुँदा
हरेक चोटी हैरानीमा दिन काट्यो पनि ।।

सम्झनाले सताउदा तस्वीर हेरी बिताउता
बिगत मीठो लाग्ने गर्छ, सालिनतालाई केलाउदा ।
समयकै चक्र होला आफ़्नो पराई बनाउने
जिम्मा पनि तिम्रै होला भेट्टाऊने र छुट्टाउने ।।

भन्नु त केहि थिएन तर बुझ्न सारै मनथ्यो
तिम्रो त्यों शाहस किन त्यती छिट्टै आत्तियो ।
बाटाभरी फूल भेट्टिउन अघिल्तिर बढ्नलाई
आत्तिएर ऊकालो उक्लिएको त्यो मान्छेलाई..।।
आत्तिएर ऊकालो उक्लिएको त्यो मान्छेलाई । २