साहित्य

नाचघरको १२ औँ शृङ्खला – एघार कविता

काठमाडौँ । सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर) ले मासिकरुपमा सञ्चालन गरेको कविता वाचनको १२ औँ शृङ्खलामा आज विभिन्न एघार कविका कविता वाचन गरिएको छ । हरेक महीनाको तेस्रो बिहीबार हुँदै आएको सो शृङ्खलामा यसअघि एकल कविता वाचनमा सहभागी ११ कविका एक एक वटा कविता वाचन गरी १२औँ शृङ्खला मनाइएको हो ।

कार्यक्रममा लक्ष्मी निरौला, रुपक अलङ्कार, यशोदा अधिकारी, सुवासचन्द्र ढुङ्गेल, गोविन्द नेपाल, अनिता लामा, तीर्थराव वन्त, टीका आत्रेय, जयन्ती स्पन्दन र दिनेशकुमार शर्माका कविता प्रस्तुत भएका थिए ।

संस्थानका महाप्रबन्धक राजेश थापाले साहित्यको विकासमा टेवा दिन यस क्षेत्रका प्रतिभालाई पाठकमाझ प्रस्तुत गर्न आगामी दिनमा पनि एकल वाचन कार्यक्रमलाई निरन्तरता दिइने बताए । साहित्य सन्ध्याका अध्यक्ष राम विनयले युवापुस्ताका कवितामा समसामयिकता र परिवर्तनप्रतिको बोध पाइने बताए ।