समाचार

आजपनि ६ किलो सुनसहित अन्तराष्ट्रिय बिमानस्थलबाट चार जना तस्कर पक्राउ

काठमाण्डौ । आज नेपाल प्रहरीले त्रिभूवन अन्तर्राष्ट्रिय बिमानस्लबाट चारजना भारतीय नागरिकलाई झण्डौ ६ किलो सुनसहित पक्राउ गरेको छ ।

सुन तस्करी भएको सूचनाका आधारमा सादा पोसाकका प्रहरीले बैंककबाट काठमाण्डौ आएका सुनिता जैन, जतिन जैन, वविता जर्क र सरिता जर्क पक्राउ परेको प्रहरीले बताएको छ । चारै जनाले लगाएको सुन पक्राउ गरेको र कानून अनुसार कारबाहीका लागि प्रकृया अगाडि बढाईएको बिमानस्थलका एसएसपी सन्दीप भण्डारीले बताएका छन् ।

३३ किलो सुन काण्डपछि पनि यस्ता प्रकारका सुन तस्करी त्रिभूवन बिमानस्थलबाट रोकिएका छैनन् ।