आर्थिक

अब भन्सारमा प्रभु बैंकको काउण्टर सञ्चालन हुने

काठमाण्डौ । नेपाल सरकारले केही समय अघि स्तरोन्नती गरेको नेपाल भारत सीमामा रहेकाका र्यालयहरुमा प्रभु बैंकले काउण्टर खोली बैकिङ्ग कारोवार शुरु गरिरहेकोमा हाल ५ वटा अतिरिक्त भन्सार कार्यालयहरुमा बैंकले काउण्टरखोली बैकिङ्ग सेवाहरु गर्ने सम्बन्धी सम्झौतामा आज एक कार्यक्रमकाबीच भन्सार विभागका महानिर्देशक रामेश्वर दंगाल र प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनबीच हस्ताक्षर सम्पन्न भएको छ ।

रौतहटको गौर, सप्तरीको राजविराज, सिरहाको माडर, सर्लाहीको मलंगवा र धनुषाको जनकपुर/जटहीभन्सार कार्यालयहरुमा बैंकले २०७६ बैशाखदेखि बैंकको काउण्टरहरु संचालनमा ल्याई सेवा प्रारम्भ गर्ने सहमती भएको छ ।

नेपालको सवैभन्दा ठूलो व्यापारिक साझेदारको रुपमा रहेको छिमेकी राष्ट भारतसंगको सिमानामा संचालनमा आएका उक्त भन्सार कार्यालयहरुको स्तरोन्नतीसंगै उक्त क्षेत्रमा आयात निर्यातको क्रियाकलापहरुमा बढोत्तरी हुनगई राजस्व संकलनको आकडामा बृद्धि हुनजाने बिश्वास लिईएको छ ।

बैंकको सेवाप्रारम्भ भएसंगै उक्त क्षेत्रका उद्योगी, व्यापारी एवं आयातनिर्यातकर्ताहरुले सरलरुपमा बैकिड. सेवाहरु प्राप्तगर्नेछन् । साथै नेपाल सरकारको राजस्व संकलन प्रक्रियामा पनि यसबाट टेवापुग्ने बिश्वास बैंकले लिएको प्रमु खकार्यकारी अधिकृत अशोक शेरचनले बताएका छन् ।