समाचार

थापाको निधनले मानवअधिकारका क्षेत्रमा अपूरणीय क्षति – आयोग

काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले अधिवक्ता तथा मानवअधिकारकर्मी तेजश्री थापाको निधनप्रति दुःख व्यक्त गरेको छ ।

आयोगका निमित्त थापाको निधनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा मानवअधिकारका क्षेत्रमा अपूरणीय क्षति पुग्न गएको उल्लेख द्वारा आज जारी विज्ञप्तिमा थापाको निधनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा मानवअधिकारका क्षेत्रमा अपूरणीय क्षति पुग्न गएको उल्लेख छ । आयोगले यस दुःखद् घडीमा शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गरेको छ । थापाको अमेरिकाको न्यूयोर्कमा यही चैत १२ गते ५२ वर्षको उमेरमा निधन भएको थियो ।

थापाले महिला हिंसा विरुद्धको संयुक्त राष्ट्रसङ्घीय विशेष समाधिक्षक भई कार्य गरेकी थिइन् । उनी १५ वर्षदेखि ‘‘ह्युमन राइट्स वाच”मा वरिष्ठ अनुसन्धानकर्ताका रुपमा कार्यरत छन् । उनले पूर्व युगोस्लाभियाको अन्तर्राष्ट्रिय अपराधन्यायाधीकरण तथा बोस्नीयाहर्जगोभिनामा भएको सामूहिक बलात्कारको अनुसन्धानमा समेत उल्लेखनीय योगदान पुर्याउनु भएको विज्ञप्तिमा उल्लेख छ ।