समाचार

न्यायाधीशको संसदीय सुनुवाइका लागि उजूरी आह्वान

काठमाडौँ । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतमा नियुक्तिका लागि सिफारिस पाँच न्यायाधीश विरुद्व सुनुवाइका लागि उजूरी आह्वान गर्न सार्वजनिक सूचना जारी गर्ने निर्णय गरेको छ ।

सिंहदरबारस्थित आज बसेको सुनुवाइ समितिको बैठकमा समितिका सभापति लक्ष्मणलाल कर्णले न्याय परिषद्ले यही चैत २८ गते सिफारिस गरेका पाँचै न्यायाधीश विरुद्व उजूरी गर्न सार्वजनिक सूचना जारी गर्ने निर्णय गरेको जानकारी दिए । समितिले शुक्रबार उनीहरु विरुद्व उजूरी आह्वानका लागि सूचना प्रकाशित गर्नेछ । समितिका सभापति कर्णले सूचना प्रकाशित भएको मितिले १० दिनभित्र पाँच न्यायाधीश विरुद्व उजूरी दर्ता गर्नसक्ने जानकारी दिए ।

परिषद्ले सर्वोच्च अदालतका न्यायाधीश पदमा उच्च अदालत पाटनका मुख्य न्यायाधीश प्रकाश ढुङ्गाना, उच्च अदालत सुर्खेतका मुख्य न्यायाधीश सुष्मलता माथेमा, पूर्वमहान्यायाधिवक्ता हरि फुयाँल, वरिष्ठ अधिवक्ता कुमार रेग्मी र डा मनोजकुमार शर्माको नाम सिफारिश गरेको थियो ।