आर्थिक

नेप्से समान्य अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा आज शेयरको मूल्य सामान्य विन्दुले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ०.६४ विन्दुले घटी एक हजार १६५.२० विन्दुमा पुगेको छ ।

त्यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.१५ विन्दुले घटेर २४८.५७ विन्दुमा पुगेको छ । स्टकका अनुसार कूल १७२ कम्पनीको १७ लाख ६९ हजार ७०० कित्ता शेयर रु ४२ करोड ३४ लाख ९२ हजार ६६३ मूल्यमा खरीद बिक्री भए ।

कारोवार भएका कूल दश उपसमूह मध्ये आज चार उपसमूहको शेयर बढेको छ भने छ उपसमूहको शेयर भने घटेको छ । बैंकिङ ०.९५, वित्त ०.५१, निर्जीवन बीमा १.०५, उत्पादन क्षेत्र ६.०५ विन्दुले बढेको छ । होटल २३.४८, विकास बैंक ४.५९, जलविद्युत् ०.८३, अन्य ०.३४, लघुवित्त ८.७७ र जीवन बीमा २०.०८ विन्दुले घटेको छ ।

आज सिन्धु विकास बैंकका शेयरधनीले ५.१९ प्रतिशतले कमाएका छन् । यस्तै भागर्व विकास बैंक ५.१०, सूर्योदय लघुवित्त वित्तीइ संस्था ४.५३ र जानकी फाइनान्सका शेयरधननीले ३.५७ प्रतिशतले कमाएका छन् । यूनिभर्सल पावर कम्पनीका शेयरधनीले ९.२४, राष्ट्रिय बीमा कम्पनी लिमिटेड ३.९१, कालिका लघुवित्त वित्तीय संस्था ३.७२ र कन्काई विकास बैंकका शेयरधनीले ३.१७ गुमाएका छन् ।