राजनीति

बार निर्बाचन मतपरिणामः अध्यक्षमा नेकपा समर्थक श्रेष्ठ, महासचिवमा काँग्रेस समर्थक पौडेल विजयी

काठमाडौँ । कानून व्यवसायीहरुको छाता संस्था नेपाल बार एशोसिएशनको निर्वाचनमा प्रगतीशील समुहका अध्यक्ष उम्मेर्दवार चण्डेश्वर श्रेष्ठ विजयी भएका छन् । भर्खरै सम्पन्न मतगणनामा लोकतान्त्रिक समुहका सुनील कुमार पोख्रेललाई पराजित गर्दै श्रेष्ठ विजयी भएका हुन् ।

काँग्रेस निकट लिलामणि पौडेल प्रगतिशील समुहका सुरेन्द्रबहादुर थापालाई पराजित गर्दै महासचिबमा बिजयी भए । अध्यक्षसहित धेरै जसो पदमा प्रगतिशील समुहका उम्मेदवार विजयी भएको बताईएको छ । बार एशोसिएशनको मतगणना सकिए पनि निर्वाचन समितिले आधिकारिक रुपमा मतपरिणाम सार्वजनिक गरेको छैन ।