बाग्मती

हावाहुरीपीडितलाई प्रतिपरिवार १० हजार दिन्छौं, निःशुल्क उपचारमा पहल गछौं: अध्यक्ष बस्नेत

काठमाण्डौ । नेपाल तरुण दल केन्द्रीय अध्यक्ष जितजंग बस्नेतले विनाशकारी हावाहुरीबाट प्रभावित क्षेत्र बारामा हुण्डरी पीडित मृतकका परिवारलाई प्रति परिवार १० हजारका दरले तरुण दलले राहत बाढ्ने बताएका छन् ।

पीडितको उद्दार तथा स्थलगत भ्रमणमा गएका अध्यक्ष बस्नेत राहत वितरणको लागि मकवानपुर, पर्सा, चितवन का तरुण नेताहरु नेपाली काङ्ग्रेस पार्टी कार्यालय बारामा छलफल गरेका छन् । युवा नेता समेत रहेका अध्यक्ष बस्नेतले हावाहुरीबाट प्रभावित क्षेत्रका घाइतेलाई निःशुल्क उपचारको लागि पहल गर्ने दिने प्रतिबद्धता गरेका छन् । भौतिक संरचना निर्माणमा सहयोग गर्ने समेत बचन दिएका छन् ।

हावाहुरीपछि घटना घटेलगत्तै अध्यक्ष बस्नेत तरुण दलको टिमसहित बारा, पर्सा लगायतको भ्रमणमा पीडितलाई मल्हम लगाउन ब्यस्त छन् ।