पु.समाचार

बार निर्वाचनमा प्रगतीशील समुहका श्रेष्ठको मताअन्तर बढ्यो (अपडेट)

काठमाडौँ । नेपाल बार एशोसिएशनको निर्वाचनमा समावेशी समुहका अध्यक्ष उम्मेदवार चण्डेश्वर श्रेष्ठले तीन हजार एक सय ७२ मतले अग्रता लिएका छन् ।उनीसँग अर्का प्रतिद्वन्द्वी उममेदवार रहेका बृहत लोकतान्त्रिक समुहका अध्यक्ष सुनिलकुमार पोखरेल तीन हजार एक सय ०७ मतले दोस्रो स्थान लिन सफल भएका छन् ।

त्यसैगरी महासचिवमा लोकतान्त्रिक समुहका लिलामणि पौडेलले तीन हजार २८८ मतका साथ अगाडि छन् भने उनका अर्का प्रतिद्वन्द्वी प्रगतिशील समुहका सुरेन्द्रबहादुर थापाले २ हजार ९५१ मतले पछाडि रहेका छन् । बार एशोसिएशनको उम्मेदवारको सबै टुङ्गो लाग्न सक्ने निर्वाचन समितिका सदस्य शिवप्रसाद रिजालले जानकारी दिएका छन् ।