शिक्षा

एसईई प्रश्नपत्र आउट गरेको आरोपमा छ जनालाई प्रहरीले सार्बजनिक गर्यो, पक्राउ पर्नेमा दुई प्रहरी र एक शिक्षकपनि

काठमाण्डौ । एसईई परिक्षामा प्रश्नपत्र बाहिर ल्याएको आरोपमा प्रहरीले आज ६ जनालाई पक्राउ गरेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसंधान ब्यूरो र प्रदेश नम्बर २ प्रहरीले आज सप्तरीमा पत्रकार सम्मेलन गरी दुई प्रहरीसहित ६ जनालाई सार्बजनिक गरेका हुन् । ब्रम्हदेव सुनरैत र वीरेन्द्र कुमार मण्डल प्रहरी जनान एसईई प्रश्नपत्र आउट गर्ने अभियोगमा आरोपी छन् भने विष्णुदेव, मनोज, राजेश र उमेश गरी चार जना यादब यसमा संलग्न छन् ।

प्रश्नपत्र आउट भएपछि शिक्षामन्त्री गिरिराजमणी पोख्रेलले परिक्षा स्थगीत गरी उक्त घटनाको छानबिन गर्न नेपाल प्रहरीको केन्द्रीय अनुसंधान ब्यूरोलाई आग्रह गरेका थिए । १५ दिनको मयाद दिएर अनुसंधानको जिम्मेवारी पाएको प्रहरीले आज घटनामा संलग्न एक शिक्षक, दुई प्रहरी जवानसहित ६ जनालाई सार्बजनिक गरेको छ । अभियुक्तलाई सार्बजनिक गरेपनि प्रहरीले अझै अनुसंधान बाँकी रहेको बताएको छ।

प्रश्नपत्र सामाजिक संजालमार्फत एकजनालाई प्रश्नपत्र आउट गरेपछि प्रश्नपत्र आउट शुरु भएको र पछि सामाजिक संजालमा प्रश्नपत्र कसैले अपलोड गरेपछि प्रश्नपत्र आउटको बिबाद शुरु भएको प्रहरीले आजको कार्यक्रममा दाबी गरेको छ ।