प्रदेश 2

पेट दुखेर वडाध्यक्षको मृत्यु

गौशाला । महोत्तरीको बलवा नगरपालिका–८का वडाध्यक्षको आज मृत्यु भएको छ । मृत्यु हुनेमा वडाध्यक्ष लोकेन्द्र महतो रहेको बलवा नगरपालिकाका प्रमुख विनोद यादवले बताए।

बिहान अचानक पेट दुखेर उपचारका लागि जनकपुरस्थित रामजानकी हेल्थ केयरमा जाएका महतोले दिँउसो १२ बजेसम्म ठिक भई खाना खाएर एकछिन हिँड्डुलसमेत गरेका थिए । करीब आधा घण्टापछि वडाध्यक्ष महतोले आफूलाई सञ्चो नभएको र अप्ठ्यारो भएको आफन्तलाई भनेपछि उपचारका लागि पुनः सोही अस्पताल लगिएको र केहीबेरमा उपचारकै क्रममा मृत्यु भएको प्रमुख यादवले बताए।