आर्थिक

मुक्तिनाथ विकास बैंकको शाखा बेनी र कुश्मामा

काठमाडौँ । मुक्तिनाथ विकास बैंकले देशै भरी आफ्ना शाखा सञ्जाल विस्तार गर्ने क्रममा म्याग्दी जिल्लाको वेनी तथा पर्वत जिल्लाको कुश्मामा आफ्ना शाखा कार्यालय विस्तार गरेको छ । वेनी शाखाको समुद्घाटन वेनी नगरपालिकाका मेयर हरिकुमार श्रेष्ठले गरेका थिए । शाखा कार्यालय समुद्घाटन गर्नु हुँदै प्रमुख अतिथि श्रेष्ठले बैंकको प्रगतिको कामना गर्दैै बैंकिङ्ग व्यवसाय प्रबद्र्धनको शुभकामना व्यक्त गरे ।

तेसैगरि, पर्वतको कुुश्मा शाखाको समुद्घाटन पर्वत जिल्लाका प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले गरेका थिए । शाखा कार्यालय समुद्घाटन गर्दैै प्रमुख अतिथि ढकालले आगामी दिनमा बैंकले अझ गुणस्तरीय सेवा प्रदान गर्दे सामाजिक तथा आर्थिक विकासमा थप योगदान पु¥याउन सफल बनोस् भन्दै शुभकामना व्यक्त गरे ।

कार्यक्रमका सभापति तथा बैंकका अध्यक्ष खिम प्रकाश मल्लले बैंकको वर्तमान अवस्था र सेवा विस्तारमा बैंकले लिने भावी रणनीतिको बारेमा जानकारी गराएका थिए । सो क्रममा उनले विकास निर्माणका कार्यमा यस बैंकले दिनु पर्ने तथा गर्नुपर्ने बैंकिङ्ग हातेमालो गर्न सधै तत्पर रहेको बताए । त्यसैगरी यस बैंकको व्यवसाय बृद्धिसंगै भावी दिनमा सामाजिक उत्तरदायित्वको कामलाई प्राथमिकताको रुपमा स्थानीयनि कायसंग सहकार्य गरी अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गरे । शाखा कार्यालयको समुद्घाटन समारोहमा बैकका सञ्चालक समितिका सदस्य चुडामणि कंडेल, क्षेत्रीय कार्यालय पोखराका प्रमुख बाबुराम ढकाल, स्थानीय जनप्रतिनिधी, व्यापारी, कर्मचारी, समाज सेवी तथा भद्रभलाद्मीको उपस्थिति रहेको थियो ।