समाचार

अपाङ्गका लागि विद्युतीय भोटिङ मेशिन

काठमाडौँ । राष्ट्रिय अपाङ्ग महासङ्घको यही चैत २५ र २६ गते विराटनगरमा हुन गइरहेको आठौँ महाधिवेशनका लागि विद्युतीय भोटिङ मेशिनको व्यवस्था गरिएको छ ।

निर्वाचनमा सबैको समान पहुँच होस् भन्ने उद्देश्यले विद्युतीय भोटिङ मेशिनको व्यवस्था गरिएको महासङ्घका महासचिव राजु बस्नेतले बताए । “सबैको निर्वाचनको अधिकार सुनिश्चित गराउने हामीले नयाँ सोच बनाएका हौँ”, बस्नेतले भने ।
महासङ्घमा हाल ३३१ सदस्य संस्था छन् । ती संस्थामा जम्मा ६३० प्रतिनिधि छन् । जसमा २९२ पुरुष प्रतिनिधि छन् भने ३४१ महिला प्रतिनिधि छन् ।