राजनीति

बार निर्वाचनमा प्रगतीशील समुहका श्रेष्ठको अग्रता कायमै, ५० मतको मात्र अन्तर

काठमाडौँ । नेपाल बार एशोसिएशनको निर्वाचनमा समावेशी समुहका अध्यक्ष उम्मेदवार चण्डेश्वर श्रेष्ठले २ हजार ७ सय ५७  मतले अग्रता लिएका छन् ।

उनीसँग अर्का प्रतिद्वन्द्वी उममेदवार रहेका बृहत लोकतान्त्रिक समुहका अध्यक्ष सुनिलकुमार पोखरेल २ हजार ७ सय ०७ मतले दोस्रो स्थान लिन सफल भएका छन् । मतगणना पाँच हजार ७ सय ४४ सम्म पुग्दा पनि अध्यक्षका उम्मेदवार श्रेष्ठ भने अगाडि नै रहेको देखिन्छ ।

त्यसैगरी महासचिवमा लोकतान्त्रिक समुहका लिलामणि पौडेलले २ हजार ८२७ मतका साथ अगाडि छन् भने उनका अर्का प्रतिद्वन्द्वी प्रगतिशील समुहका सुरेन्द्रबहादुर थापाले २ हजार ५९२ मतले पछाडि रहेका छन् । बार एशोसिएशनको उम्मेदवारको सबै टुङ्गो लाग्न सक्ने निर्वाचन समितिका सदस्य शिवप्रसाद रिजालले जानकारी दिएका छन् ।