पत्रपत्रिका

नेपाली पूँजी बजारमा विदेशी लगानी आवश्यक- अर्थमन्त्री डा.खतिवडा

काठमाडौँ । अर्थमन्त्री डा. युवराज खतिवडाले पूँजी बजारमा विदेशी लगानी भित्र्याउने योजना अघि सारेका छन् । बिहीबारबाट काठमाडौंमा सुरु भएको दक्षिण एशीयाली लेखा व्यवसायी महासंघको सम्मेलनको उद्घाटन गर्दै उनले वित्तीय र मौद्रिक उपकरणको विस्तारका लागि पूँजी बजारमा विदेशी लगानी भित्र्याउन लागिएको बताए ।

पूँजी बजारको विस्तार र यसको खुलापनको लागि दक्षिण एशीयाली राष्ट्र पछि परेको उल्लेख गर्दै त्यसमा पनि विदेशी लगानी आवश्यक रहेकोे उनको तर्क थियो । अर्थमन्त्री खतिवडाले नेपालसहित दक्षिण एशीयाली मुलुकहरुले विदेशी लगानी आकर्षित गरिरहेको उल्लेख गर्दैै नेपालको पनि जल विद्युत क्षेत्र विदेशी लगानीका लागि आकर्षणको केन्द्र बन्दै गएको जानकारी दिए ।

कार्यक्रममा मन्त्ररुी खतिवडाले लेखा परीक्षणको कामलाई स्तरोन्नति गर्दै लैजाने प्रतिवद्धता जनाए । ३ दिने सो सम्मेलनमा आर्थिक विकासका लागि आवश्यक लेखा प्रणालीका विविध विषयमा छलफल हुने नेपाल चार्टर्ड एकाउन्टेन्ट्स ९आईक्यान०का अध्यक्ष जगन्नाथ उपाध्यायले जानकारी दिए । नयाँ पत्रिका