समाचार

हरितगृह ग्यासको उच्च प्रभावका कारण विश्वकै तापक्रम भयानक मात्रामा वृद्धि

काठमाडौँ । अहिलेसम्मकै सबैभन्दा माथिल्लो तहमा पुगेको हरितगृह ग्यासले गर्दा विश्वकै तापक्रममा भयानक मात्रामा वृद्धि भएको संयुक्त राष्टृसङ्घको मौसमसम्बन्धी निकाय डब्ल्युएमओले जनाएको छ । यो विवरण डब्ल्युएमओको २५ औँ वार्षिक प्रतिवेदन स्टेट अफ द क्लाइमेटमा सार्वजनिक भएको छ ।

यसको भैतिक र आर्थिक असर धेरै मात्रामा वृद्धि भएले विश्वव्यापी तापक्रम बढेएको हुन सक्ने डब्ल्युएमओले बताएको छ । जलवावयु परिवर्तनले गर्दा हिमालयको धेरैजसो हिमनदीहरु पग्लिने खतरा रहेको अन्तरर्राष्ट्रयी सञ्चार माध्यमले जनाएका छन् ।

सन् १८५० देखि १९०० को अवधिमा भएको तापक्रमभन्दा अहिलेको तापक्रम एक डिग्री सेन्टिग्रेडले बढेको उक्त प्रतिवेदनमा प्रकाशित गरीएको छ । छ वर्षभित्र उर्जा खपत तीव्र गतिमा बढेकाले सन् २०१८ मा कार्बन उत्सर्जन १.७ प्रतिशतले वृद्धि भएको उक्त प्रतिवेदनमा उल्लेख छ ।