मनोरञ्जन

शिव परियारको स्वर र संचारकर्मी रविको शब्दमा रहेको ‘आँशुको अर्थ २’ सार्वजनिक (भिडियोसहित)

काठमाडौँ । पाली आधुनिक सुगम संगीतका बादशाह चर्चित गायक तथा संगीतकार शिव परियारको स्वर रहेको सुपरहिट गीत ‘आँशुको अर्थ’को भाग २ ‘आँशुको अर्थ २ मेरो भागको खुशी तिमीलाई मिलोसको भिडियो सार्वजनिक गरिएको छ । आँशुको अर्थलाई युट्युबमा करिब एक करोड १६ लाख पटक हेरी सकिएको छ ।

‘आँशुको अर्थ’गीतलाई दर्शक तथा स्रोता निकै मन पराए पछि शिव परियारको स्वर तथा संगीतमा आँशुको अर्थ २ मेरो भागको खुशी तिमीलाई मिलोसको भिडियो सार्वजनिक गरिएको हो ।यस गीतलाई संचारकर्मी रवि अधिकारीले लेखेका हुन् । गीतलाई संगीत संयोजन उदय राज पौडेलले गरेका हुन् ।

‘आँशुको अर्थ २ मेरो भागको खुशी तिमीलाई मिलोसु गीतको भिडियोमा नायक तथा मोडल सन्नी सिंह र नायिका तथा मोडल ज्योत्सना योगीको जिवन्त अभिनय रहेको छ । आँशुको अर्थमा भने नायिका स्वस्तिमा खड्का र नायक आकाश श्रेष्ठको अभिनय रहेको थियो ।

यस भिडियोलाई चर्चित म्युजिक निर्देशक निकेश खड्काको निर्देशन गरेका हुन् । बुद्ध थापा को छायांकन र धमला बिकाशको सम्पादन रहेको छ यस गीतमा सृष्टि थापा मगरको मेकअप रहेको छ ।

गायक शिव परियारलेको आफ्नै युट्युब च्यानल बाट सार्वजनिक गरिएको यस गीतलाई शिवले बजारमा आउन लागेको आफ्नो एघारौं सांगीतिक संग्रह ‘शिवालय’ मा समाबेश गरेका छन । यस गीतलाई स्टुडियो साउन्ड मिल मा रेर्कडिङ गरिएको हो भने महेश्वर मान राजभण्डारीले भने यस गीतलाई रेकर्डिङ ,मिक्सिङ ,मास्टरिङ गरेका हुन ‘।