राजनीति

प्रधानमन्त्रीको निर्देशनः स्थानीय, प्रदेश र संघीय सरकारका कार्यक्रम नजुधाउनु

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले स्थानीय, प्रदेश र संघीय सरकारका कार्यक्रम नजुधाउन निर्देशन दिएका छन् । उनले आज बिहान सातवटै प्रदेशका मुख्यमन्त्रीहरुसँगै भेट गर्दै उक्त निर्देशन दिएका हुनु ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटघाटमा उनले आगामी वर्षको नीति तथा कार्यक्रम र बजेट तयारीका बिषयमा मूख्यमन्त्रीहरुसँग छलफल गरेका थिए । प्रधानमन्त्री ओलीले नीति कार्यक्रम र बजेटका बिषयमा स्थानीय, प्रदेश र केन्द्र सरकारका कार्यक्रम नदोहोरिउन भनेर सचेत रहनु पर्ने बताएका छन् ।

“कार्यक्रमहरु नदोहोरिउन भनेर स्थानीय, प्रदेश र संघीय सरकारको सहभागितामा राष्ट्रिय समन्वय परिषदको बैठक आयोजना गर्नुपर्दछ । कुनै पनि कार्यक्रम एउटा मात्र निकायले सञ्चालन गर्नुपर्दछ ” प्रधानमन्त्री ओलीको भनाइ उधृत गर्दै १ नं प्रदेशका मूख्यमन्त्री शेरधन राईले भने ।

बैठकमा प्रधानमन्त्री ओलीले अन्तरप्रदेश समन्वय परिषद अघिल्लो बैठकले पास गरेका २९ बुंधको कार्यन्वयन तदारुकताका साथ गरिने बताएका छन् ।  प्रधानमन्त्री ओलीले आँधी पिडित बारा र पर्साकाका बासिन्दालाई राहात र पुनस्थापनाका लागि सबै प्रदेशलाई सहयोग गर्न पनि आग्रह गरेका छन् ।