खेलकुद

आईपीएल क्रिकेटमा चेन्नाईलाई मुम्बई इण्डियन्सले ३७ रनले हरायो

काठमाडौं । साबिक बिजेता चेन्नई सुपर किङ्गसले भारतमा जारी इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको जारी १२ औं संस्करणमा पहिलो हार व्यहोरेको छ ।

गएराती सम्पन्न खेलमा चेन्नाईलाई मुम्बई इण्डियन्सले ३७ रनले हराएको हो । यो हारसंगै लिगमा एक मात्र अपराजित टोली चेन्नईको यात्रामा समेत पुर्णविराम लागेको छ । चेन्नाईले अघिल्ला तीन खेलमा लगातार जित निकालेको थियो ।

मुम्बईस्थित वान्खाडे क्रिकेट स्टेडियममा घरेलु टोलीले दिएको १ सय ७१ रनको लक्ष्य पछ्याएको चेन्नईले २० ओभरमा ८ विकेट गुमाएर १ सय ३३ रन मात्र बनाउन सक्यो । उसका लागि केदार जादबले ५८ रन बनाएपनि टोलीलाई जिताउन सकेनन् ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा ५ विकेट गुमाएर १ सय ७० रन बनाएको थियो । उसका लागि सुर्य कुमार यादवले ५९ रन जोड्दा क्रुनाल पाण्डेयले ४२ रन बनाए । यो जितसंगै मुम्बईले ४ खेलबाट ४ अंक जोडेको छ । मुम्बई लिग तालिकाको छैटौं स्थानमा रहेको छ । ४ खेलबाट ६ अंक जोडेको चेन्नई दोस्रो स्थानमा छ ।