समाचार

सातै प्रदेशका मुख्यमन्त्रीसंग प्रधानमन्त्री ओली वालुवाटारको गोप्य बैठकमा

काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश नम्बर २ को बारा र पर्सामा हावाहुरीले भएको क्षती तथा अन्य पछिल्ला सातैवटा प्रदेशका विषयमा अहिले बिहान सातैवटा प्रदेशका मुख्यमन्त्रीसंग प्रधानजमन्त्री निवास वालुवाटारमा छलफल गरिरहेका छन् । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा करिब एक महिनाअघिमात्र छलफल गरेका प्रधानमन्त्रीले पुनः छलफल गर्न लागेको प्रशे संयोजक चेतन अधिकारीले बताएका छन् ।

छलफलका लागि प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राई, प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउत, प्रदेश नम्बर ३ का डोमणी पौडेल, प्रदेश नम्बर ४ पृथ्वी सुब्बा गुरुङ, प्रदेश नम्बर ५ का शंकर पोख्रेल, प्रदेश नम्बर ६ का महेन्द्र बहादुर शाही र प्रदेश नम्बर ७ का त्रिलोचन भट्ट सहभागी भईसकेका छन् । बैठक मुख्यमन्त्रीहरुसंगमा गोप्य रुपमा राखिएके बताईएको छ । बैठकपछि छलफल र निर्णयहरु सार्बजनिक गरिने एक मुख्यमन्त्रीले सुर्यखबरलाई बताए ।