बाग्मती

आइसल्याण्डका कलाकार कार्लसन सम्मानित

काठमाडौँ । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानले आइसल्याण्डका कलाकार ब्राण्डर कार्लसनलाई सम्मान गरेको छ ।

सो मुलुकका कूटनीतिज्ञसमेत रहनुभएका कार्लसन प्रत्यक्ष चित्रकला सिर्जना र प्रदर्शनीसहित आज आयोजित कार्यक्रममा प्रतिष्ठानका कुलपति कान्छाकुमार कर्माचार्यले उनलाई सम्मान गरेको हो ।

दुर्घटनाका कारण शारीरिक अपाङ्ग भएका कार्लसन गत एक महीनायता नेपालमा छन् । दुवै हात र खुट्टा चलाउन असमर्थ कलाकार कार्लसनले कार्यक्रमस्थलमा मुखले कुची च्यापेर क्यानभासमा कला सिर्जना गरेका थिए । कुलपति कर्माचार्यले शारीरिक कठिनाइबीच कला सिर्जनामा योगदान दिनु उल्लेखनीय भएको बताए ।